आज सार्वजनिक विदा दिने सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ मंसिर ३,सोमबार १०:०१
file-photo

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार, बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने प्रवक्ता गुरुङले बताए ।

स्व. ढुंगानाको निधनको शोकमा आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि उनले बताए ।

स्व. ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिँदैछ ।

अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामको आयोजना गरिएको छ ।