३० करोडको आइपीओ निष्कासन गर्दै प्रभु केबुलकार
काठमाडौं । प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्दैछ । कम्पनीले केबुलकारको ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
त्यसको लागि कम्पनीले बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा केबुलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले संयुक्त हस्ताक्षर गरेका हुन् ।