माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने

तु खबर संवाददाता
२०८१ मंसिर ४,मंगलवार ०८:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । सोमबार स्थगित भएको उक्त बैठक आज बस्ने भएको हो ।

बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार बोलाइएको बैठक स्थगित भएको थियो ।

बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने जनाइएको छ ।