नेपालमा भित्रियो ४ खर्ब रेमिट्यान्स

तु खबर संवाददाता
२०८१ मंसिर ४,मंगलवार १५:२५

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनाको अवधिमा ४ खर्ब रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्ममा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा बिदेसिएका छन् ।

असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ रहेको छ ।

त्यस्तै, ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।