मंगलबार नेप्से ५१ अंकले घट्यो

तु खबर संवाददाता
२०८१ मंसिर ४,मंगलवार १६:००

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा नेप्से परिसूचक घटेको छ । आज नेप्से ५१ अंकले घट्दा परिसूचक २७०२ बिन्दुमा झरेको छ ।

यसदिन नेप्से कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको छ ।

यसदिन २० कम्पनीको मात्रै मूल्य बढेको छ । २२४ कम्पनीको मूल्य घट्दा एउटा कम्पनीको मूल्य भने स्थिर रहेको जनाइएको छ ।