चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाइटल गीत सार्वजनिक हुँदै

तु खबर संवाददाता
२०८१ मंसिर ४,मंगलवार १७:१८

मकवानपुर । तामाङ भाषाको कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाइटल गीत सार्वजनिक हुँदैछ । उक्त गीत आगामी शुक्रबार दिउँसो ३ बजे ‘एचएमएम मिडिया’ युट्युब च्यानलबाट सार्वजनिक गर्ने भएको नायक हेम कुमार तितुङले जानकारी दिए ।

अर्पण थिङको स्वर÷संगीत रहेको सो गीतको भिडियो हुत्त सन्जय लामाको निर्माण तथा निर्देशनमा छायांकन भएको हो । पृथक ढंगको सन्देश मुलक तथा प्रेम कथामा आधारित बनेको चलचित्र पनि केहि दिनमै प्रद्र्धशन हुने तयारीमा रहेको उनले बताए ।

उनका अनुसार, पहिलो शो हेटौडाबाटै हुने गरी प्रद्धर्शनको तयारी गरिरहेको छ । चलचित्रमा हुत्त सन्जय लामा, तारा लामा सुनिता लुङ्बा, हेम कुमार लामा (तितुङ), प्रज्मि बोम्जन लगायतको कलाकार नायक नायिकाको भुमिकामा छन् । चर्चित कलाकार मिलन लामा र उर्गेन लामा भने खलनायकको भूमिका रहेको छ ।

यस्तै, चलचित्रमा राज कुमार लामा, भुइसल लामा, माया देबि लामा रितिक लामा, हिरा बहादुर मोक्तान, गकुल तामाङ (क्यालो), मनिका सिङ्तान, रितु लामा, राज कुमार लामा, कुमार लामा, अनिल लामा (डल्ले) लगायत कलाकारको अभिनय रहेको नायक तितुङले बताए ।