निर्वाचन आयोगद्वारा कल सेन्टर सञ्चालन
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।
आयोगले निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न मंगलबारबाट उक्त कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त कल सेन्टर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिए ।
उनका अनुसार, आयोग परिसरमा निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर स्थापना गरिएको हो ।