नेपाल प्रहरीका ३२ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका ३२ जना नायब निरीक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तरगत बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार, ३२ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको हो ।
जसनुसार, बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा भरतबहादुर चन्द छन् ।
बढुवा सिफारिस हुनेमा पीताम्बर आचार्य, सृजना खड्का, सिताकुमारी सिंह, खेमान्द पङ्गेनी र कृष्णदेव भट्टसहित ३२ जना छन् ।
हेर्नुहोस् सूची ।