एमालेद्वारा जनजागरण सभाको स्थान परिवर्तन
काठमाडौं । नेकपा एमालेले यही मंसिर ७ गते गर्ने जनजागरण सभाको स्थान परिवर्तन गरेको छ ।
यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सो सभा दरबारमार्गमा आयोजना गर्ने गरी सारेको एमालेले जनाएको छ ।
सो सभा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन एमाले जिल्ला कमिटीको आयोजनामा गर्न लारिएको हो ।
सभा अघि र्याली हुनेछ । भद्रकालीबाट सुरु हुने सो र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।
सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
मंगलबार बसेको एमालेको बैठकले सभालाई ऐतिहासिक रुपमा सफल बनाउने निर्णय समेत गरेको थियो ।