बुधबार ९ अकंले बढ्यो बजार
काठमाडौं । बुधबार शेयर बजारमा सुधार आएको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ दशमलव ०९ अकंले घटेर २ हजार ७११ दशमलव ७५ बिन्दुमा कायम भएको छ ।
यस्तै, आज ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच भएको छ भने ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९ उपसूचकमा हरियाली छाउँदा ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १४३ कम्पनीको मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको जनाइएको छ ।