हेटौंडा–१२ मा दुई जनाले लिए उम्मेदवारी फिर्ता
मकवानपुर । हेटौंडा–१२ को वडाध्यक्ष पदमा हुने आसन्न स्थानीय तह उपनिर्वाचन अन्तरगत मनोनयन पत्र दर्ता गराएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यही मंसिर १६ गते हुने हेटौंडा–१२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका १४ जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् ।
उम्मेदवारी फिर्तासंगै अब उक्त वडाको अध्यक्ष पदमा १२ जनाको उम्मेदवारी रहेको छ ।
उम्मेदवारी फिर्ता लिनेहरुमा युनेश लामा स्याङ्तान र कुमार पोखरेल रहेका छन् । उनीहरु दुबै जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।