मकवानपुरमा थपिए १६ जना डेंगु संक्रमितका बिरामी

तु खबर संवाददाता
२०८१ मंसिर ५,बुधबार १७:२६
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १६ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिमा ८ जना, कैलाश गाउँपालिकामा एक जना, मनहरी गाउँपालिकामा ६ जना र हाल ठेगाना नखुलेका एक जनामा डेंगु संक्रमणका बिरामी थपिएका हुन् ।

आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार १०२ जना पुगेको छ । जसमा १ हजार ८९ पुरुष र १ हजार १३ महिला रहेका छन् ।

उक्त तथ्याङ गत साउन महिनादेखि आजसम्मको रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?

हेटौंडा उपमहानगरपालिकामा १ हजार ६७९ जना
थाहा नगरपालिकामा १३ जना
मकवानपुरगढी गाउँपालिकामा ४७ जना
बागमती गाउँपालिकामा ३ जना
कैलाश गाउँपालिकामा ९ पुरुष
मनहरी गाउँपालिकामा २१० जना
भीमफेदी गाउँपालिकामा ३५ जना
बकैया गाउँपालिकामा २३ जना
राक्सिराङ गाउँपालिकामा ६ जना
हाल ठेगाना नखुलेका ३९ जना
अन्य जिल्लाका ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमितका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।