काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो ।
सिंहदरबारमा बस्ने उक्त बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।