अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८१ मंसिर ६,बिहीबार १५:१४

काठमाडौं । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङ जिल्लाको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, ४ दशमवल २ रेक्टरस्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।