प्रदेश स्वास्थ्य संस्था संचालन सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गरिने

तु खबर संवाददाता
२०८१ मंसिर ६,बिहीबार १६:००
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) गरेको नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने गरेको छ ।

सरकारको बिहीबार हेटौंडामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठक मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षमा बसेको हो ।