१३ न्यायाधीशको सरुवा
काठमाडौं । न्याय परिषदले १३ न्यायाधिशको सरुवा गरेको छ । परिषद्को बिहीबार बिहान बसेको बैठकले उच्च अदालतका दुई र जिल्ला अदालतका ११ गरी १३ न्यायाधीशहरुको सरुवा गरेको हो ।
उक्त बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरमा र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डेलाई विराटनगर सरुवा गर्ने निर्णय गरेको छ ।