हेटौंडामा दुई पुस्तकको विमर्श

तु खबर संवाददाता
२०८१ मंसिर ८,शनिबार ०८:५७

मकवानपुर । मकवानपुरका हेटौंडामा दुई पुस्तक विमर्श भएको छ । पत्रकार सुधीर शर्माका “भिक्षु, व्यापार र विद्रोह” र “हिमालपारिको हुरी” नामक पुस्तक शुक्रबार एक कार्यक्रमबीच विमर्श गरिएको हो ।

उक्त पुस्तक विद्यार्थी, पाठक र प्राज्ञिकहरूको उपस्थितिमा विमर्श गरिएको हो । शर्माका दुवै पुस्तकले नेपाल, भारत र चीन बीचको जटिल सम्बन्धलाई सम्बोधन गरेको छ ।

लेखक शर्माले नेपालको लागि चीन र भारत दुवै देशलाई बुझ्न महत्वपूर्ण रहेको जोड दिएका छन् । भारतलाई बुझ्न सजिलो भए पनि चीनलाई बुझ्न अलि कठिनाइ रहेको बताए ।

त्यस्तै, बेल्ट एण्ड रोड पहल (बीआरआई) का सम्बन्धमा शर्माले यो सम्झौता नेपालका लागि उपयोगी मानेका छन् । विश्वका सय भन्दा बढी देशले यो सम्झौतामा हस्ताक्षर गरिसकेका बताए ।

६ वर्ष अघि हस्ताक्षर भएको योजनाले नेपाललाई केही असर नपर्ने उनको विचार छ ।

कार्यक्रममा मकवानपुरका विशिष्ट व्यक्ति तथा विद्यार्थीहरूले समेत प्रश्न गरेका थिए ।