आजदेखि धरहरा व्यावसायिक रूपमा खुला हुने

तु खबर संवाददाता
२०८१ मंसिर ९,आईतवार ०९:११

काठमाडौं । आजदेखि धरहरा चव्यावसायिक रुपमा खुला हुने भएको छ । यसर्थ धरहरा चढ्न पैसा लाग्ने भएको छ ।

सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । सहरी विकास मन्त्रालयका अनुसार, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुनेछ ।

यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यसैगरी, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ भने धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।

सरकारले यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरेको थियो ।