मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौं । सर्वोच्च अदानलतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका आरोपमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश दिएका हुन् ।
प्रसाईंको हकमा छोरा निराजन प्रसाईंले मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निरजले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, अर्को सुनुवाइमा बन्दीसहित उपस्थित हुन सर्वोच्चको एकल इजलासले आदेश दिएको हो । अदालतमा उपस्थित गराउनु भनेपनि लिखित आदेश प्राप्त नभएकाले कति दिनभित्र उपस्थित गराउने भन्ने बारे अहिले भन्न नसकिने उनको भनाई छ ।
केहीदिन अघि पक्राउ परका प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याइएको छ ।