होटलमा मृत भेटिए युवा–युवती
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ८, सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत अवस्थामा भेटिएका छन् ।
मृत अवस्थामा भेटिनेमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरु सिनामंगलस्थित होटल जन्मभूमिमा मृत अवस्थामा भेटिएका हुन् । मृत दुबै जना श्रीमान्–श्रीमती हुन् ।
शनिबार साँझ होटलको चौथो तलाको कोठमा नम्बर १२० मा बसेका उनीहरु घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
होटलको बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिइएको हो ।
उक्त घटनाको बारेमा त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोलीे अनुसन्धान गरिरहेको बुझिइएको छ ।