प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको छलफल स्थगित

तु खबर संवाददाता
२०८१ मंसिर १०,सोमबार १५:५४
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको छलफल स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको त्रैमासिक समीक्षा छलफल स्थगित भएको हो ।

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उक्त छलफल स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।