बागमती प्रदेश मन्त्रिपरिषद्ः २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरको छ । प्रदेश सरकारको सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी तोकेको हो ।
बैठकले सामाजिक विकास मन्त्रालयमा कार्यरत बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालयको थप जिम्मेवारी तोकेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र थपलियाले जानकारी दिए ।
यस्तै, बैठकले उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव राजेन्द्र केसीलाई पनि संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोकेको सरकारका प्रवक्ता लामिछानेले बताए ।
प्रदेशमा सचिव स्तरको कर्मचारी अभाव हुँदा दैनिक कार्य प्रभावित भएपछि अन्य मन्त्रालयमा कार्यरत सचिवहरुलाई थप जिम्मेवारी तोकेको उनले बताए ।
यस्तै, बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले उक्त नियमावलीहरुलाई आवश्यक छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको थियो ।