हेटौंडामा तीनपांग्रे सवारीलाई व्यवस्थित गर्न छुट्टै सेवा केन्द्र स्थापना
मकवानपुर । अस्तव्यस्त रुपमा सञ्चालनमा रहेका तिनपाँग्रे सवारी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले छुटै सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
हेटौंडा–११, थानाभर्याङमा रहेको तौलपुलबाट सोमबारदेखी उपमहानगरपालिकाले तिनपाँग्रे सवारी व्यवस्थापनको काम सुरु गरेको हो ।
उपमहनगरले सञ्चालनमा ल्याएको सेवा केन्द्रको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले रिबन काटेर उद्घाटन गरेकी थिइन् । सो क्रममा उनले सुन्दर नगरलाई थप व्यवस्थित गर्दै लैजानका लागि तिनपांग्रे सवारी लक्षितगर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको बताइन् ।
उनले सेवा केन्द्रबाट तिनपांग्रे सवारीका लागि परेका समस्याको समाधान गर्दै व्यवस्थित ढंगबाट सञ्चालनको व्यवस्था मिलाउने तयारी उपमहानगरले गरेको बताइन् । पटक÷पटकको सर्वपक्षित छलफल पछि अहिले नियमित कामको बाताबरण तयार भएको भन्दै नगर क्षेत्रमा सञ्चानमा रहेको तिनपाँग्रे सवारीलाई स्टिकर टाँसको व्यवस्था मिलाउँदै अघि बढेको उनको भनाई थियो । सेवा केन्द्र उद्घाटनका क्रममा नगर प्रमुख लामाले केहि सवारीका लागि स्टिकर हस्तान्तरण गरेकी थिइन् ।
सेवा केन्द्रले हेटौंडा उपमहानगर भित्र बाह््य क्षेत्रबाट सञ्चालन अनुमति बिना आएका सवारी नियन्त्रणका लागि आवश्यक समन्वय गर्दै नगर क्षेत्र भित्रका लागि स्टपर्मिटको व्यवस्था, स्टिकर टाँसको काम गर्ने बताइएको छ । बाह््य जिल्लाबाट आएका सवारीका कारण यहाँका तिनपाँग्रे सवारी चालक मारमा परेको गुनासो पछि उपमहानगले स्टिकर टाँस गरी स्थानिय सवारी व्यवस्थापनको काम गरेको तिनपाँग्रे सवारी व्यवस्थापन समितिका संयोजक सबिन न्यौपानेले बताए ।
उनका अनुसार, २०७६ पुष ७ भन्दा अघि हेटौंडा र मकवानपुर चल्ने अनुमति पाएका तिनपाग्रे सवारीलाई अहिले सेतो स्टिकर टाँस गरीने छ । यसअघि पहिलो चरणमा हरियो, दोश्रो चरणमा पहेलो टाँस गरीएको थियो ।
अहिले उपमहानगरले थालेको काम पछि अब स्टिकर टाँस नभएका सवारीलाई कडाइका साथ नियन्त्रण गरीने बताइएको छ । एक महिना सम्म स्टिकर टाँसको समय दिइको छ अब पनि अटेर गरेमा ट्राफिक र नगर प्रहरीको समन्वयमा कडाइका साथ अनुगमन र नियन्त्रण गरीने उपमहानगरले जनाएको छ । स्टिकरटाँस सँगै केहि समयमा उपमहानगर क्षेत्र भित्र तिनपाँग्रे सवारीको रुट अध्ययन पश्चात बैज्ञानिक भाडादर निर्धारण गर्ने योजना उपमहानगरले बनाएको छ ।
सोमबार आफ्नो सवारीमा स्टिकर प्राप्त गरेपछि हेटौंडा–४ का टिकाबहादुर थापाले उपमहानगरले गरेको काम राम्रो भएको बताए । उनले बाहिरबाठ आएका अटो मयुरीले बजारमा निकै समस्या बनाएका थिए अब यो नितीले राम्रो गर्ने उनको भनाई थियो । बाहिरबाट आउँने यहाँ कमाउने अनि जाने क्रमले नगरभित्र रहेर कर तिर्दै सञ्चालनमा रहेका सवारी मारमा परेको उनले बताए ।
उनले भने ‘अरु भन्दा पनि दुर्घटना गरेर भागेभने थप समस्या हुने अवस्थाबाट अब छुटकारा पाईने छ ।’ स्टिकर टासपछि बाह््य ठाउँबाट आउँने तिनपाग्रे सवारी रोक्नका लागि कडइका साथ अनुगमनलाई अघि बढाउन जरुरी रहेको उनले बताए ।
उपमहानगरले पहिलो चरणमा हरियो स्टिकर १ हजार ६ सय ७६ वटा सवारीलाई वितरण गरेको थियो ।