प्राधिकरण बोर्डद्वारा उद्योगहरुको बिजुली नकाट्ने निर्णय

तु खबर संवाददाता
२०८१ मंसिर १२,बुधबार १५:२४

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति उद्योगहरूको बिजुली नकाट्ने निर्णयमा पुगेको छ ।

विद्युत नियमन आयोगले उद्योगहरुको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।

बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए ।

आयोगले मंगलवार डेडिकेटेड विवादमा बक्यौता असुली गर्न तर लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

यसअघि मन्त्रिपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरुमा काटिएको लाइन जोडिदिने निर्णय २५ कात्तिकमा गरेको थियो । त्यस आधारमा प्राधिकरणले २७ वैशाखमा विद्युतको लाइन जोडिँदिँदै १५ दिनभित्र पुरानै बिलअनुरुपको बक्यौता तिर्न उद्योगीहरुलाई ताकेता गरेको थियो ।