शान्ति स्वावलम्वन सहकारीको अध्यक्षमा उप्रेती
मकवानपुर । शान्ति स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा माधवप्रसाद उप्रेती चयन भएका छन् ।
मनहरी गाउँपालिका १ मा रहेको सो सहकारीको १९ औं साधारणसभा तथा सातौं अधिवेशनबाट पूर्व अध्यक्ष उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, सहकारीको उपाध्यक्षमा नितुमाया थिङ, सचिवमा गोपिराम मोक्तान, कोषाध्यक्षमा सुन्तलीमाया रुम्बा चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः प्रमिसा खनाल, विनु विष्ट अधिकारी, भरतप्रसाद बर्तौला, गोविन्दप्रसाद गुरागाइँ र रत्नबहादुर रुम्बा चयन भएका छन् ।
यस्तै, लेखा समिति संयोजकमा वंशीगोपाल कंडेल तथा सदस्यमा विष्णुप्रसाद अधिकारी र कोपिला लटौला रहेका छन् ।
सहकारीको साधारणसभा संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो ।