दुर्घटना न्यूनीकरणका लागि लिडार गनसहित सडकमा ट्राफिक प्रहरी

तु खबर संवाददाता
२०८१ मंसिर १३,बिहीबार १६:३३

मकवानपुर । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय मकवानपुरले लिडार गनसहित यातायातको गतिका परीक्षण गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले बिहीबार मनहरी गाउँपालिका–९ स्थित जाइसिङमा लिडार गनसहित यातायातको गतिका परीक्षण गरेको हो ।

मकवानपुर ट्राफिक प्रहरीका प्रमुख केशव अधिकारीको कमाण्डमा खटिएको सो टोलीले लिडार गनमार्फत् त्यसक्षेत्रमा सञ्चालन हुने सवारी साधानको गति चेकजाँच गरेको थियो ।

प्रहरीले त्यसक्रममा तोकिएको गतिभन्दा धेरै स्पीडमा सवारी चलाउने २० जनालाई आवश्यक कारबाही पश्चात सम्झाएर र दुर्घटनाबाट हुने क्षतिबारे जानकारी दिएको ट्राफिक प्रहरीका प्रमुख अधिकारीले बताए ।