गृहका १२ जना उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयमा कार्यरत १२ जना उपसचिवको एकैपटक सरुवा गरिएको छ ।
बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो ।
मन्त्रालयले गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
यस्तै, चुडामणि शर्मा गौमलाई चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।