दुर्घटनामा परेर वडाध्यक्षसहित पाँच जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ मंसिर १४,शुक्रबार १५:४७
File Photo

रामेछाप । रामेछापमा शुक्रबार सुमो दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटन हुँदा वडाध्यक्ष बस्नेतसहित पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त उक्त सुमोमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।

सुमो सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।