परराष्ट्रद्वारा प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको हो ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमणमा जाँदैछन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा त्यहाँ प्रस्थान गर्न लागेको जनाइएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
यस्तै, चीनका प्रधानमन्त्री छ्याङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उनले भेटवार्ता गर्ने लगायतको कार्यतालिका रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।