हेटौंडा–१२ उपनिर्वाचनः विष्णु ज्योति आधारभूत विद्यालय केन्द्रमा २३२५ मत खस्यो
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि हाल मतदान जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो ।
भोर्लेस्थित विष्णु ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा हालसम्म २ हजार ३ सय २५ मत खसेको छ । जसमा एक हजार ५९ पुरुष र एक हजार २ सय ६६ जना महिला रहेका छन् ।
३ हजार ६ सय २५ मतदाता रहेको उक्त केन्द्रमा ६४ दशमलव १३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आवश्यकता अनुसार परिचालन गरिएको छ ।
साथै मतदान स्थलमा सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको छ । मतदानको लागि आज बेलुका ५ बजेसम्मका लागि समय तोकिएको छ ।