आइतबार १० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) १० अंकले घटेको छ ।
यसदिन तीव्र उतारचढाव हुँदै बजार घटेपछि परिसूचक २७३८ बिन्दुमा झरेको हो ।
यस्तै, आज कुल ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज ६३ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।