किवानिज क्लव अफ हेटौंडा नेपालको पद हस्तान्तरण
हेटौडामा किवानिज क्लव अफ हेटौंडा नेपालको चौथो पद हस्तान्तरण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज क्लव अफ हेटौंडा वर्ष २०२३ र २४ का अध्यक्ष सुवर्ण केशर लामिछानेले वर्ष २०२४ र २५ को लागि गंगा प्रसाद पौडेललाई पद हस्तान्तरण गरेका हुन् ।
किवानिज क्लव अफ हेटौंडा वर्ष २०२३ र २४ का अध्यक्ष सुवर्ण केशर लामिछानेको सभाध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि किवानिज ईन्टरनेशनल नेपालका ईमिडिएट पास्ट डिष्ट्रिक गभर्नर तिर्थ कुमार सिंहले सन् १९१५ मा स्थापित किवानिज अभियान नेपालमा सन् २०१५ बाट सुरु भएको जानकारी गराए । कार्यक्रममा बोल्दै डिस्ट्रिक सचिव शिव बहादुर काफ्लेले यश क्लवले १८ बर्ष मुनिका बालबालिकाको शिक्षा ,स्वास्थ्य , खेलकुद , नेतृत्व विकास र वातावरणको क्षेत्रमा काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि एवम् किवानिज क्लवअफ हेटौंडाका मानार्थ सदस्य हेटौंडा उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेले किवानिज क्लवको उद्देश्य र यसको कार्यशैली पृथक रहेकोले आफू पनि यो अभियानमा जोडिन पाउँदा गौरवान्वित भएको र अभियानको क्रममा आफ्नो र वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
किवानिज ईन्टरनेशनल नेपाल डिस्ट्रिकका भाईस गभर्नर रामहरि सुवेदी किवानिज चाईल्ड फन्ड नेपालका चेयर गोपिमान श्रेष्ठ, हेटौडा उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष दामोदर गौतम , किवानिज क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष तिर्थ पराजुली लगाएतका व्यक्तिहरुको उपस्थित रहेको उक्त कार्यक्रममा किवानिज डिभिजन ९३ साउथका लेउटिनेन्ट गभर्नर डा. अनुपमा श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराएकी थिइन् ।