२० अंकले बढ्यो नेप्से, १० अर्ब ५४ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) २० अंकले बढेको छ ।
२० अंकले बजार बढ्दा नेप्से परिसूचक २७५८ बिन्दुमा उक्लिएको जनाइएको छ ।
यस्तै, सोमबार कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर भयो ।
सोमबार २ करोड ३० लाख ११ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजारको कारोबार भएको छ ।