नुवाकोट–२ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा घिमिरेले प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार सूर्य तामाङलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दा तामाङले ५८७ मत प्राप्त गरे ।
त्यस्तै नेकपा एकीकृत मार्क्सवादी लेनिनवादीका उम्मेदवार यमबहादुर लामाले ३४१ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मङ्गल सिद्धी लामा तामाङले ८३ मत प्राप्त प्राप्त गरे ।