उपनिर्वाचनः कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता
काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता रहेको छ ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरलाई पछि पार्दै आग्रता कायमै राखेका हुन् ।
डंगोलले २ हजार ९३० मत प्राप्त गर्दा मानन्धरले २ हजार ३८४ मत पाएका छन् । यद्यपी मानन्धरभन्दा डंगोल ५४६ मतले अग्र स्थानमा छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले २ हजार १०१ मत, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले एक हजार ११३ मत प्राप्त गरेका छन् ।
हालसम्म वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सम्पन्न भएको छ । मेयर पदको लागि आइतबार मतदान भएको थियो ।