नेपालमा एकल महिलाको संख्या नौ लाख ९७ हजारभन्दा बढी
काठमाडौं । नेपालमा नौ लाख ९७ हजारभन्दा बढी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार, नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको पाइएको हो ।
सो कार्यालय सोमबार राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिलाको तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकm महिला रहेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले जानकारी दिए ।
उनका अनुसार, नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला÷विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको हो ।
उनले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको बताए । निर्देशक सिलवालले कार्यालयले अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको बताए ।