शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल नियुक्त
काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई नियुक्त गरिएको छ ।
सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा रिक्त सो पदमा सिग्देललाई नियुक्त गरिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई लाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।
सोमबार मन्त्रालयमा सिग्देलले कार्यभार सम्हालेका छन् । उनी यसअघि जल तथा उर्जा आयोगमा सचिव बनेका थिए ।