मेलाको अवसरमा सार्वजनिक विदा
जनकपुरधाम । मंसिर २३ गते आइतबार मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाका अवसरमा सार्वजनिक विदाको घोषणा गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले त्यस दिन विदा दिन लागिएको जानकारी दिए ।