राष्ट्रपतिको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ ।
आज बिहानै मात्रै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका उनको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको हो ।
सो अस्पतालका निमित्त कार्यकारी निर्देश प्रा.डा. घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न भएको उल्लेख गरिएको छ ।
अस्पतालका अनुसार, हाल राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको छ ।