हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मिया रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दिउँसो साढे २ बजेको समयमा आफ्नै निर्माणधिन अवस्थामा रहेको घरका लागि सडक भन्दा पारीबाट फलामको रड घरतर्फ ल्याउने क्रममा ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुन गई करेन्ट लागेर उनी उम्भीर घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडास्थित सीएमसी चुरेहित अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
मृतक मियाको शव हेटौंडा अस्पतालमा ल्याई शवगृहमा राख्ने तयारी गरिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।