मकवानपुरमा डेंगु सक्रमितको संख्या २३५२ पुग्यो
मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २३ सयभन्दा बढी पुगेको छ ।
जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ३ सय ५२ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार १३५ जना महिला र १ हजार २ सय १७ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो ।
कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?
- हेटौंडा उपमहानगरपालिकामा १ हजार ८६२ जना
- थाहा नगरपालिकामा १३ जना
- मकवानपुरगढी गाउँपालिकामा ५४ जना
- बागमती गाउँपालिकामा ५ जना
- कैलाश गाउँपालिकामा १० जना
- मनहरी गाउँपालिकामा २४५ जना
- भीमफेदी गाउँपालिकामा ४२ जना
- बकैया गाउँपालिकामा २५ जना
- राक्सिराङ गाउँपालिकामा ९ जना
- हाल ठेगाना नखुलेका ४० जना
- अन्य जिल्लाका ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमितका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।