प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ
![](https://www.tukhabar.com/wp-content/uploads/2024/12/received_1108206597362398-e1733479128579.jpeg)
मकवानपुर । एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन् ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको समेत उपस्थितिमा सदस्य खड्काले शपथ ग्रहण गरेका हुन् ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा ९१० बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा ९२० बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले अब पूर्णता पाएको छ ।