‘योजना बैंक’ स्थापना गर्दै बागमती सरकार

तु खबर संवाददाता
२०८१ मंसिर २१,शुक्रबार १६:३२
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

हेटौंडा । बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने भएको छ । पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ स्थापना गर्न लागेको प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जानकारी दिए ।

मुख्यमन्त्री लामाले बागमती प्रदेश नीति तथा योजना आयोगले नुवाकोठमा आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले ‘योजना बैंक’ आवश्यक भएको भन्दै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । प्रदेश नीति तथा योजना आयोगलाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाए ।

गोष्ठीमा प्रदेशअन्तर्गतका नुवाकोट, धादिङ र रसुवा जिल्लास्थित कार्यालय र स्थानीय तहका प्रतिनिधिले आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव गरेका थिए ।