एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ । बैठक मंसिर २५ गते दिउँसो ४ बजे बस्ने गरी बोलाएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार, बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो ।