प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि…
झापा । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको भन्दै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले विरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरासहित अन्य कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।