सुनको सिक्री लुटपाट गर्ने पक्राउ
काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् ।
काठमाडौं नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटिमा लगाएको करिब २ तोला सुनको सिक्री बा ९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवशयक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।