शेयर बजारमा गिरावट, कारोबार पनि घट्यो
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजारम गिरावट आएको छ ।
आज नेप्से परिसूचक ६ दशमलव ३२ अंक घटेर परिसूचक २६६९ अंकमा कायम भएको छ । सोमबार १२ अंकले बजार घटेको थियो ।
यस्तै, आज ४ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । यसअघि आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोडको कारोबार भएको हो ।
८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रहेको जनाइएको छ ।