स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको सरुवा गरिएको छ ।
ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजाललाई दिइएको छ । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीलाई हटाएर डा. रिजाललाई जिम्मेवारी दिइएको हो ।
यसअघि पनि डा. रिजालले उक्त जिम्मेवारी पाइसकेका छन् । डा.मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन् ।
यसैगरी, टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ भने वीर अस्पतालको नर्सिङ क्याम्पसकी बदना थापा टेकु अस्पताल सरुवा भएकी छिन् ।
लामो समयदेखि व्यवस्थापन महाशाखामा अड्डा जमाएका डा. सुरेन्द्र चौरसियालाई भने उपचारात्मक महाशाखा पठाइएको छ । चौरसिया उपकरण खरिद विषयमा विवादमा परिरहने व्यक्ति हुन् ।
व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत दयाकृष्ण पन्तलाई जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।