हेटौंडा–६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ ।
विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–६ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालले जानकारी दिए ।
बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले यही मंसिर २७ गते बिहीबार ६ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको बताए ।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।