हेटौंडा जेसीजको साधारणसभा पुष १२ गते
मकवानपुर । हेटौंडा जेसीज वर्ष सन् २०२४ को वार्षिक साधारणसभा तय भएको छ ।
पुष १२ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ कर्रा स्थित जेसीज सचिवालयमा साधारणसभा तय भएको महासचिव पंकजदास बानियाले जानकारी दिए ।
साधारणसभाका लागि हेटौंडा जेसीज वर्ष सन् २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलालाई निर्वाचन आयुक्तको जिम्मेवारी प्रदान गरिएको उनले बताए ।
सभामा कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र कोषाध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
साधारणसभा पश्चात् जेसीजको अधिवेशन हुने बुझिएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।